कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

समाचार

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

कोरोना भाइरसको संक्रमणको डर भए पनि ‘मास्क’ र भाइरलबाट जोगिने गाउन लगाएर यौन सम्पर्क गरिराखेका भिडिओ बाहिर आउन थालेका छन् । डेलीमेलमा प्रकाशित समाचार अनुसार ‘डिसर्टेड वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पोर्न साइटमा देदिएका छन् । साथै पीपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका हुन् ।

हालसम्म कोरोना भाइरसको कारण ४ हजार ७१६ जनाको ज्यान गइसकेको छ । चीनमा यो भाइरस विस्तारै नियन्त्रणमा आए पनि अन्य देशमा भने फैलदै गएको छ ।

पोर्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *